अहमदाबाद, भारत। बिहीबार (जुन १२) भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त एअर इन्डियाको बोइङ – ड्रिमलाइनर विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ। अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका सदस्यसहित जना थिए। तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन्।
विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको कुल सङ्ख्या जना पुगेको बीबीसीले जनाएको छ।
‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएसँगै मृतकका परिवार र आफन्त तथा सम्बन्धित अधिकारीहरूले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन्।