• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारा र पर्साबाट स्रोत नखुलेको ३१ लाख भन्दा बढी रकम सहित तीनजना पक्राउ

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ३०, शुक्रबार १८:४९ गते
बारा र पर्साबाट स्रोत नखुलेको ३१ लाख भन्दा बढी रकम सहित तीनजना पक्राउ
20
SHARES
218
VIEWS

वीरगन्ज । पर्सा र बारामा सुरक्षाकर्मीहरुले ठूलो परिमाणको स्रोत नखुलेको रकम सहित तीनजनलाई पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले छुट्टाछुट्टै कारबाहीमा १८ लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित तीन जनालाई पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गरेका तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट बरामद भएको रकम हुण्डी कारोबार र अवैध चोरी पैठारीसँग सम्बन्धित रहेको खुलेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जले दुई छुट्टाछुट्टै कारबाहीमा १८ लाख रुपैयाँ नगदसहित दुई व्यक्ति र उनीहरूले प्रयोग गरेका दुई मोटरसाइकल नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१६, वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच विन्दुभन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकल रोकेको थियो।

मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–२ छप्कैयाका १९ वर्षीय राहुल कुमार तिवारीले मोटरसाइकलको एयर फिल्टर बक्समा लुकाई छिपाई ल्याउँदै गरेको १३ लाख रुपैयाँ नेपाली नगद फेला पारेको थियो। तिवारीलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो।

सोही दिन अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार गेट नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको कालोरनीलो रङको हिरो ग्लेमर मोटरसाइकल रोकेको थियो।

मोटरसाइकलमा सवार बाराको प्रसौनी गाउँपालिका–२, प्रसौनीका ४० वर्षीय कौशल कुमार गुप्ताले शरीरका विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको ५ लाख रुपैयाँ नेपाली नगद फेला पारेको थियो।

गुप्तालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवै व्यक्तिले अवैध रूपमा चोरी पैठारी गरी रकम नेपाल भित्र्याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै घटनामा संलग्न व्यक्ति, नगद र मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा चोकदेखि एयरपोर्टतर्फ जाँदै गरेका एक युवकलाई चेकजाँच गर्दा १३ लाख ७ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

Advertisment Advertisment Advertisment

पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का २० वर्षीय सुरज कुश्वाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई सिमरा उपमहानगरपालिका–२, एयरपोर्ट रोडमा कालो रङको झोला बोकी शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले झोलाको चेकजाँच गर्दा नेपाली हजार दरको १,०६७ थान, पाँच सय दरको ४८० थान, र सय दरको ५ थान गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको जानकारी दिएको छ।

पक्राउ परेका कुश्वाहाको साथबाट विभिन्न बिल, भौचर र सागर मनि ट्रान्सफर वीरगञ्ज लेखिएको स्ट्याम्पसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट यसलाई हुण्डी कारोबारसँग सम्बन्धित गतिविधि भएको शंका गरिएको छ।

हाल घटनासम्बन्धी हुण्डी कारोबार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Previous Post

पत्रकार नारायण अर्याल पक्राउ

Next Post

कोलाहलबीच प्रतिनिधिसभा बैठक सुचारु: रास्वपा र राप्रपाको नाराबाजी कायम

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In