वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएका टोलीले विभिन्न स्थानबाट कुल १३ लाख ७१ हजार ९८० बराबरको अवैध सामान र मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१०, बजरंगटोलस्थित एक घरमा छापा मारी रु. ७ लाख ७० हजार ५०० बराबरको अवैध कपडा र BR05U4530 नम्बरको सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल बरामद गरेको छ।
मोटरसाइकलको मूल्य १ लाख ५० हजार मूल्यांकन गरिएको छ। धीरज रौनियारले भारतबाट भन्सार छली चोरी पैठारी गरी ती सामान भण्डारण गरेको पाइएको छ।
बरामद गरिएका कपडासहित मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सोही गुल्मले वीरगन्ज महानगरपालिका–१० र १६ स्थित विभिन्न सीमा नाकाबाट रु। २ लाख ४८ हजार १०० बराबरको कपडा र मसला समेत नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। त्यस्तै बिन्दवासिनी गाउँपालिकाबाट किराना सामानसहित मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–०५, प्रसौनीबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको रु.२३ हजार ३८० बराबरको किराना सामानसहित BR 22 T1432 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ।
मोटरसाइकलको मूल्य रु। १ लाख ८० हजार मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।