बारा । बाराको कलैया उपमहानगरपालिका-४ स्थित अदालत नजिक सोमबार बिहान करिब १० बजे भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन्।
कलैयाबाट गंजभवानिपुरतर्फ जाँदै गरेको प्र।२(०३०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.५ प ६२९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा ना.५ प ६२९४ नम्बरको मोटरसाइकलमा सवार पर्साको वीरगञ्ज महानगरपालिका-१८ बस्ने ४२ वर्षीय जिउ हुसेनलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ। तर, उनको श्रीमती ३५ वर्षीया सहारुन खातुनको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको छ।
सोही मोटरसाइकलको पछाडि सवार उनकी ४ वर्षीया छोरी सदमा खातुनको निधारमा चोट लागेको छ भने ६ वर्षीया छोरी नगमा खातुनको पेट र शरीरको भित्री भागमा चोट लागेको छ।
सबै घाइतेको प्रादेशिक अस्पताल कलैया, बारामा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई अ।प्र।पोष्ट बसपार्क बाराले नियन्त्रणमा लिएको छ। प्र.२(०३०१२८ प ९४५० नम्बरको मोटरसाइकलका चालक बारा, कलैया उपमहानगरपालिका–२६ बस्ने २५ वर्षीय काशी प्रसाद यादव उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट करिब ४०० मिटर उत्तरमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।