पोखरिया । पर्साको पोखरिया नगरपालिकामा युवा युवतीहरुका लागि आयोजना गरिएको तीन दिने नमुना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा नमुना युवा नगर सभा २०८२ आज सफलतापूर्वक सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधामको आयोजना, पोखरिया नगरपालिकाको समन्वय र प्रदेश युवा सञ्जाल मधेश प्रदेश, जनकपुरधामको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रममा पोखरिया नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका २५ जना युवा युवतीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी युवा युवतीहरुलाई संसद सदन र स्थानीय तहको सम्बन्धमा राम रतन र नईम रैनले तीन दिनसम्म गहन प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणपश्चात सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ।
प्रदेश युवा सञ्जाल मधेश प्रदेश, जनकपुरधामका संयोजक नईम रैनको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उप(प्रमुख रुबी कुमारी ठाकुर, पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातून र सञ्चारकर्मी लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले युवाहरुलाई संसदीय प्रक्रिया र स्थानीय शासन प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन्।