काठमाडौं। काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्।
महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको बताएका छन्।
जोशीले भने, “म कार्यालयकै कामले अहिले फिल्डतिर छु, मैले पनि सुनें तर आधिकारिक जानकारी छैन।”