बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडा नजिकै एक पुरुष मृत अवसस्थामा फेला परेका छन् । रौतहटको बंकुल सराइ जाने कृषि सडकमा कलैया उपमहानगरपालिका–२४ श्रीपुर निवासी अन्दाजी ६० वर्षका नन्दु महरा चमार मृत अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरी मुचुल्का तयार गर्ने काम भईरहेको छ । शव फेला परेको स्थानमा स्थानीयवासीको घुइँचो लागेको छ। मृतकका आफन्त पुगेपछि शवको घटना विवरण मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिदै छ ।
स्थानीयका अनुसार, अत्यधिक मदिरा सेवन गरेपछि सिसौंको रुखमुनि सुतेका नन्दुको सोही ठाउँमा मृत्यु भएको आशंका गरिएको छ। मृतकका नातेदार नन्दलालले नन्दु केही दिनदेखि बिरामी रहेको र आर्थिक अभावका कारण उपचारमा नगएको बताएका छन्। उनले मदिरा सेवन नछाड्दा मदिरा सेवनबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।