वीरगन्ज । वीरगन्जका दुई उद्यमीलाई सम्मान गरेको छ । कलेजको बीबीएस अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुका लागि आयोजना गरिएको नयाँ पथको शुभकामना वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम र नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष पंकज अग्रवाललाई सम्मान गरेको हो ।
दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथि मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य, कलेजका निर्देशक युगलकिशोर प्रसाद, सहायक क्पाम्पस प्रमुख डा.अरविन्द श्रेष्ठ, क्याम्पसका कोअर्डिनेटर डा. वासुदेवलाल कर्ण, सहायक क्पाम्पस प्रमुख डा.विनय कुमार ठाकुर र वीरगन्ज पब्लिक कलेजका प्रिन्सिपल हरिरत्न तुलाधारले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
वीरगन्ज पब्लिक कलेजमा बीबीएस अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुको रोजगारीको बजार पनि निजीक्षेत्र भएकोले र निजीक्षेत्रले वीरगन्ज पब्लिक कलेजबाट उत्पादित जनशक्तिको बजार व्यावस्थामा महत्वपूर्ण योगदान पु-याउने भएकोले सम्मान गरिएको कलेजका कोअर्डिनेटर डा.वासुदेवलाल कर्णले बताए ।
कलेजका निर्देशक युगल किशोर प्रसादको सभापतित्वमा भएको कार्यक्रममा कलेजका बीबीएस अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमपछि विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।