वीरगन्ज । मैस्कट एकेडेमीले आईतबार आफ्नो वार्षिक पुरस्कार वितरण समारोह २०८१ र इन्भेस्टिचर (सपथ ग्रहण) समारोह भव्यताका साथ सम्पन्न गरेको छ।
अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि विद्यार्थीहरूको उत्साह र उपलब्धिको सम्मानमा यो कार्यक्रम आयोजना गरिएको हो। विद्यालयस्तरीय चुनावबाट यसपटक कक्षा १० का प्रज्वल सिंह विद्यालयको कप्तान, बिपना चौधरी उपकप्तान र सभ्दा कुमार शर्मा वर्ष २०८१ को उत्कृष्ट बर्ष विद्यार्थीको रूपमा चयन भएका छन्।
विद्यालयका निर्देशक श्री छेडूप लामाले कार्यक्रमको अध्यक्षता गरेका थिए भने नर्सरी कक्षाका नविन खड्का मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको संयोजन प्रधानाध्यापक सरिता खड्गीले गरेकी थिइन्।
कार्यक्रमको सुरुमा मार्च पास्ट, मनमोहक सांस्कृतिक नृत्यहरू, सपथ ग्रहण समारोह र ब्याज वितरण सम्पन्न भयो। यस क्रममा क्याप्टेन, उपक्याप्टेन, प्रिफेक्ट, कक्षा मोनिटर लगायत सबै विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। त्यस्तै सपथ ग्रहणपछि पुरस्कार वितरण कार्यक्रम अघि बढ्यो।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालयकी प्रिन्सिपल सरिता खड्गीले जानकारी दिईन् । उनका अनुसार कक्षामा सर्वोत्कृष्ट प्रथम, द्वितीय, तृतीय, अन्तर सदन प्रतियोगिताका विजेताहरू, विद्यालय टपर आयुष पण्डित, उच्च उपस्थिति दर हासिल गर्ने विद्यार्थी आन्वी गुप्ता, अनुशासित विद्यार्थी जोया खातुन र आरव राज कर्ण सर्वाधिक सफा र विद्यालय पोशाकमा चिटिक्क आउने शारिरिक स्वास्थ्य विद्यार्थी आयुषी श्रेष्ठ भएका छन् ।
त्यस्तै यसपटकको कार्यक्रममा रेड हाउस समग्र हाउस विजेता घोषित हुँदै रनिङ शिल्ड जित्न सफल भएको विद्यालयले जनाएको छ । कार्यक्रममा सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप भव्य र सफल बनाएको विद्यालय प्रशासनको भनाई छ । कार्यक्रमको अन्त्यमा अध्यक्षता गरेका छेडूप लामाले सबैलाई धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गरे।