नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।
यो नयाँ मूल्य आज आइतबार (जेठ १८, २०८२) बिहानदेखि लागू हुनेछ।
हवाई इन्धनको मूल्य भने केही घटाइएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ।