• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रधानमन्त्री ओलीको आरोप: नेकपाकालमा पार्टी बचाउन ‘अराजनीतिक कदम’ चालियो, प्रचण्ड र माधव नेपाल जिम्मेवार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १७, शनिबार २०:०४ गते
प्रधानमन्त्री ओलीको आरोप: नेकपाकालमा पार्टी बचाउन ‘अराजनीतिक कदम’ चालियो, प्रचण्ड र माधव नेपाल जिम्मेवार
13
SHARES
149
VIEWS

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपाकालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन्। शनिबार (जेठ १७, २०८२) काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन्।

उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी–विदेशी शक्ति लागिपरेको जिकिर गर्दै आफूले एमालेलाई सकिनबाट जोगाएको बताए। यद्यपि, उनले तत्कालीन समयमा कुन कदम अराजनैतिक थियो भन्नेबारे भने स्पष्ट पारेनन्।

ADVERTISEMENT

ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललक्षित टिप्पणी गर्दै ‘पार्टी फुटाएर गएर एकीकृत बनाउने?’ भन्दै कटाक्ष गरे। उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति पनि कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने र पार्टी फुटाउन हुँदैन नभन्ने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिएर विभाजनमा मद्दत गरेको आरोप लगाए।

ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गरेको आरोप लगाए। उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चालेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले देशभर जातीय, धार्मिक, भाषिक र भौगोलिक विभाजन सिर्जना गरेर देशलाई अहित गर्न खोजिएको भन्दै आफूहरूले राष्ट्रिय एकताको अभियान चलाएको बताए। उनले एमाले सिध्याउने देशी–विदेशी शक्तिको उद्देश्य रहेको र त्यसको वाहक पार्टीभित्रकै नेताहरू भएको दाबी गरे। ओलीले पार्टी फुटाउनमा प्रचण्ड, अग्नि सापकोटा, माधव नेपाल र झलनाथ खनालको हात रहेको आरोप लगाए। उनले पार्टीभित्रका शीर्ष नेताहरूबाटै समस्या आएको र तलका कार्यकर्ताले पार्टी नफुटाऊँ भने पनि ‘साइना, छिमेकी र साथीभाइ’ का कारण केही कार्यकर्ता विभाजनमा गएको बताए।

Advertisment Advertisment Advertisment
Previous Post

नारायणी अस्पतालमा आईसीयू-सीसीयूको विद्युत् आपूर्ति अवरुद्ध, १७ बिरामीको ज्यान जोखिममा

Next Post

प्रभु साहद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, अन्तरिम सरकारको आह्वान

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In