सिन्धुली । वीरगन्ज मल्टीपल कलेजमा अध्ययनरत एम.बि.ए. (MBA) प्रथम सेमेस्टरका विद्यार्थीहरुको लागि एक विशेष ओरिएन्टेसन कार्यक्रम सिन्धुली जिल्लाको मन्जरी रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम कलेजको सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा तथा राजर्षि जनक विश्वविद्यालयका व्यवस्थापन संकाय डीन डा. बिनोद साहज्यूको प्रमुख आतिथ्यमा भएको थियो।
ओरिएन्टेसन कार्यक्रमले एम.बि.ए. प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई शैक्षिक वातावरण, कलेजका नियम तथा विनियम, पाठ्यक्रमको संरचना र आगामी शैक्षिक यात्राबारे विस्तृत जानकारी प्रदान गरेको कलेज प्रशासनले जनाएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुलाई नयाँ शैक्षिक परिवेशमा घुलमिल हुन र आफ्नो पढाइलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने वीरगन्ज मल्टपल कलेजले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि साहले राजर्षी जनक विश्वविद्यालयकाे पाठ्यक्रम राेजेकाेमा कलेज र कलेजका विद्यार्थीलाई धन्यवाद दिदै एउटै परिवार जस्तै भएको धारणा व्यक्त गरे । उनले विद्यार्थीहरूलाई विश्वविद्यालयले विकास गरेकाे कार्यक्रम अहिलेकाे समय अनुसार परिमार्जन पनि गर्दै जाने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विश्वविद्यालय क्याम्पसका प्रमुख डा. सरोज ठाकुर, कलेजका एकेडेमिक डाइरेक्टर दर्शन केसी, पत्रकार नीरज पिटाकोठे, वीरगन्ज कलेजका सहायक क्याम्पस प्रमुख रूदल ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अलोक एजुकेसनका सञ्चालक अजय साह, कलेजका शिक्षकहरु मनीष गौतम, प्रचेत कर्ण, जितेन्द्र पटेल, मुक्त भुसाल, लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
शिक्षक कृ्णा पासवानले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत वीरगन्ज मल्टिपल कलेजका सञ्चालक सुरेश चाैधरीले गरेका थिए ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३