सर्लाही । सशस्त्र प्रहरी बल, नेपालले मिति २०८२ जेठ १६ गते (आज) वीरगञ्जमा भन्सार छली गरी ल्याउँदै गरिएका करिब लाख हजार ९ सय ६० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको रु लाख हजार बराबरको मोटर पार्टस् र रु लाख बराबरको ई-रिक्सा नियन्त्रणमा लिएको थियो।
साथै, आजैको मितिमा विशेष सूचनाका आधारमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगुवा गाउँस्थित डम्पिङ साइटबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली रु लाख हजार ९ सय ५० बराबरको मोबाइल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज सहित सो सामान ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साइकलहरू नियन्त्रणमा लिएको छ।
यसैगरी, भगुवा तथा नगवा इलाकाबाट रु हजार ८ सय बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए।