• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

बढुवामा हल्ला बढी, तथ्य कम : सशस्त्र प्रहरीको नेतृत्व प्रतिस्पर्धा विवादमा सत्य के हो ?

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १६, शुक्रबार ०८:५७ गते
बढुवामा हल्ला बढी, तथ्य कम : सशस्त्र प्रहरीको नेतृत्व प्रतिस्पर्धा विवादमा सत्य के हो ?
87
SHARES
970
VIEWS

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि गणेश ठाडा मगरलाई सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले ठाडा मगरलाई सिफारिस गरिएको हो।

एआइजी रिक्त भएको डेढ महिनापछिको रस्साकस्सीपछि डाठामगरलाई बढुवा सिफारिस गरेको छ । बढुवाका लागि भएको प्रतिस्पर्धा पछिल्लो समय चर्चाको केन्द्रमा छ। आठ जना डीआईजीहरूले दिएको निवेदन, तिनमा देखिएको राजनैतिक ध्रुवीकरण, र तीमध्ये दुई प्रतिस्पर्धीको वरिपरि सञ्चार माध्यममा देखिएको असमान प्रस्तुतीले यो विषयलाई थप गम्भीर बनाएको छ।

ADVERTISEMENT

तर, पछिल्लो केही समाचारहरूमा तथ्यमाथि भन्दा पनि व्यक्तित्वमाथिको प्रहार, अनुमान र राजनीतिक पूर्वाग्रह बढी देखिएको छ। बढुवामा जसले दुर्गा प्रसाँईको प्रभामा पाँचौ नम्बरबाट एक नम्बरमा डीआईजी बढुवा भएकालाई अहिले बरियता मिचिएको हल्ला चलाईएको छ । सिफारिस भएका व्यक्तिको सांगठनमा योगदान, कार्यक्षमता र संगठनप्रति मात्रै बफादार रहेर काम गरेर संगठनको गरिमालाई नै उच्च राख्ने काम गर्ने व्यक्तिको विषयमा भने अनर्गल प्रचारबाजी शुरु भएको छ।

यस सन्दर्भमा सत्य के हो ? के विगतमा पनि यस्तै चलन थियो ? र अहिलेको घटनाले सशस्त्र प्रहरी बलको पेशागत मर्यादा र निष्पक्षता कत्तिको असर पारेको छ ?
१. पुराना बढुवा निर्णयहरू र दरबन्दीको इतिहास :
२०७४ सालको मन्त्रिपरिषद् बैठकबाट एआईजी पदको संख्या ६ बाट बढाएर ११ बनाइएको थियो। सो बेला सशस्त्र प्रहरीका तत्कालीन डीआईजीहरू — जानकी भट्टराई, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ, र निराकारविक्रम शाह — लाई बढुवा गर्नकै लागि अस्थायी दरबन्दी थप गरिएको थियो। ती अफिसरहरू अवकाश गएपछि २०७५ सालमा ती अस्थायी दरबन्दी खारेज गरिए।
तर त्यसको केही समयमै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पालामा आर्थिक भार कम गर्ने नाममा ६ दरबन्दी कटौती गरेर दुईमा झारियो। प्रशासन र कार्य विभाग मात्र राखियो, बाँकी एकेडेमी, उपत्यका, सीमा विभाग जस्ता संरचनाहरू हटाइए।
तर २०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि कार्य विभागबाट सीमा विभागलाई अलग गरिँदै तेस्रो एआईजी दरबन्दी पुनः थप गरियो। डीआईजी वंशीराज दाहाल त्यसमा बढुवा भए। स्रोतहरूका अनुसार उक्त दरबन्दी ‘व्यक्तिविशेषका लागि सिर्जना गरिएको’ आरोपसमेत लाग्यो।
२. पछिल्लो प्रतिस्पर्धा र सञ्चारमा देखिएको पूर्वाग्रह :
हाल एआईजीका लागि आठ जना डीआईजीहरूले आवेदन दिएका थिए। तर पछिल्लो समाचारहरूमा दुई प्रतिस्पर्धी — कमल गिरी र गणेश ठाडामगर — को मात्रै चर्चा छ।
समाचारहरूमा गिरीको एमालेसँगको सम्बन्ध र अघिल्लो पटकको प्रतिस्पर्धामा ठाडामगरलाई उछिनेको प्रसंगलाई बारम्बार सकारात्मक सन्दर्भमा प्रस्तुत गरिएको छ। तर ठाडामगरको हकमा भने ‘राजनीतिक पहुँच’, ‘पैसा तिर्न तयार छु’, ‘थर्काएको’, ‘आक्रोशित बनेको’ जस्ता शब्दहरूले उनको व्यक्तिगत छविमा आघात पुर्‍याइएको छ।
यदि ठाडामगरको पहुँच र लविइङ नै आलोचनायोग्य हो भने, गिरीको राजनीतिक आधारलाई पनि सोही मापदण्डमा परीक्षण हुनुपर्छ। तर त्यो देखिँदैन। यसले पत्रकारिताको निष्पक्षता र सन्तुलनमाथि प्रश्न उठाउँछ।
३. सशस्त्र प्रहरीको पेशागत मर्यादा र निष्पक्षतामा असर :
बढुवा प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो, तर त्यसमाथि राजनीति, सत्ता समीकरण र व्यक्तिगतरूपमा समाचारको पूर्वाग्रही प्रस्तुतीले संगठनको भित्री संरचना नै अपारदर्शी देखिन सक्छ। जसको प्रत्यक्ष असर संगठनको मनोबल र सांगठनिक अखण्डतामा पर्छ।
सशस्त्र प्रहरी बलमा एआईजी पदको महत्व केवल जिम्मेवारीको नभई भविष्यको नेतृत्वको जग बसाउने बिन्दु पनि हो। यो बिन्दुमा कुनै पनि व्यक्तिको बढुवा योग्यता, अनुभव, र सेवाअवधिको आधारमा हुनुपर्छ, न कि राजनीतिक पहुँच र मीडिया छविको भरमा।
निष्कर्ष :
सञ्चार माध्यम र विश्लेषकहरूले राजनीतिक समीकरण र व्यक्तिगत सम्बन्धका आधारमा बढुवाको चर्चा गर्नु सामान्य हुन सक्छ, तर त्यो समाचारको सन्तुलन, स्रोतको विश्वसनीयता, र पत्रकारिताको आचारसंहिताभित्र हुनुपर्छ। यदि यो प्रक्रिया पूर्वाग्रही, योजनाबद्ध र चरित्र हत्या गर्ने शैलीमा अघि बढ्यो भने, यसले न केवल पात्रहरूलाई अन्याय गर्छ, सशस्त्र प्रहरीजस्तो संवैधानिक सुरक्षा निकायमाथि पनि आम नागरिकको भरोसा डगमग्याउँछ।
त्यसैले, बढुवाको मूल्यांकन तथ्यमा आधारित र संस्थागत विधि अनुरूप हुनुपर्छ — हल्ला, पहुँच र गुटगत ध्रुवीकरणको आधारमा होइन।

Advertisment Advertisment Advertisment
Previous Post

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै, बजेटबारे जानकारी दिने

Next Post

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १३.८ लाख बराबरको भन्सार छलीको सामान बरामद

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In