वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार पर्सागढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) को रुपमा सरुवा भई आउनुभएका राजु प्रसाद साहज्यूलाई बुधबार एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ।
नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा नगरपालिकाको समृद्धि र नागरिक समाजको सेवा प्रवाहलाई अझ सुदृढ गर्दै सेवामुखी प्रशासन र सुशासनमा जोड दिन आग्रह गरे । नगरप्रमुख पाठकले नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत साहको कार्यकालमा नगरपालिकाले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे ।
स्वागत कार्यक्रममा नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखज्यूहरु, कर्मचारी वर्ग र वडा सचिवज्यूहरुको उपस्थिति रहेको थियो।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले सबैको साथ सहयोग लिएर आफूले भरपर्दो कार्यालय प्रमुखको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाको विकास र नागरिकको सेवामा समर्पित भएर काम गर्ने दृढता पनि व्यक्त गरे ।