वीरगन्ज । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पुगेको छ। मंगलबार कर्नाटकमा , गुजरातमा , बिहारमा र हरियाणामा नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् सक्रिय संक्रमित केरल राज्यमा छन्।
उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ, जुन उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप जनाको मृत्यु भइसकेको छ, जससँगै कुल मृतक संख्या पुगेको छ।
चार नयाँ भेरियन्ट पत्ता लाग्यो
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन्। विश्व स्वास्थ्य संगठनले यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।
जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो। यो ओमिक्रोनको बीए. भेरियन्टको स्ट्रेन हो, जुन पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो। यसमा करिब म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन।
एनबी. लगायतका भेरियन्टहरू छिटो फैलन सक्ने र अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि सहजै छल्न सक्ने विज्ञहरूले बताएका छन्। डा. बहलका अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ। जेएन. भेरियन्टको लक्षण केही दिनदेखि हप्तौंसम्म देखिन सक्छ र यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने ‘लङ्ग कोभिड’ हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
-भारतीय सञ्चार माध्यम