काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। अदालतले उनको निवेदन दर्ता भइसकेको जनाएको छ।
लामिछानेले प्रचलित कानून विपरीत र संविधानविपरीत थुनामा राखिएको जिकिर गरेका छन्। बन्दी प्रत्यक्षीकरणको आदेश गैरकानुनी थुनामा राखिएको व्यक्तिलाई रिहा गर्न जारी गरिन्छ। यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी थुनामा रहेको पुष्टि गर्नुपर्ने हुन्छ।
यसअघि लामिछानेले थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गराएका थिए, जसमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश दिइसकेको छ।