वीरगन्ज । तेरापन्थ युवक परिषदले आयोजना गरेको कार्यक्रममा ६ महिला सहित १४ जनाले रक्तदान गरेको छ । रजतजयन्ती चोक बाईपासमा रहेको किरण आँखा अस्पतालमा आयोजना गरिएको कार्यक्रममा ६ जना महिला र ८ जना पुरुष गरी १४ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरु शोभा कटुवाल, रुबी मिश्र, अम्बिका लक्ष्मी साह, शितल कापड, नेहा वर्णवाल, रोशनी गुप्ता, पूर्ण बहादुर राना, शैयद आलम, रामबाबु चौधरी लगायत रहेका रक्तसञ्चार केन्द्र वीरगन्जका जितेन्द्र प्रसाद कुश्वाहले जानकारी दिए ।
वीरगन्जमा हैजाको प्रकोप लगायत विभिन्न बिरामीहरुलाई रगत अभाव हुन नदिन रक्तदानको आयोजना गरिएको संस्थाले जनाएको छ । हरेक बर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमलाई संस्थाले यसबर्ष पनि निरन्तरता दिएको छ ।