वीरगन्ज । भ्रष्टाचार विरुद्ध सुशासनको नारा र सामाजिक सञ्जाल बन्द गरेको सरकारको विरोधमा युवापुस्ताले आह्वान गरेको आन्दोलन हिंसात्मक भई विध्वंस मच्चाएपछि निजीक्षेत्र सशंकित भएको छ ।कोरोना महामारीले थला परेको अर्थतन्त्र लयमा फर्किदै गर्दा राष्ट्रबैंकले जारी गरेको चालूपुँजी कर्जाको कडाईले गति लिन सकेको थिएन । सरकार परिवर्तन र गर्भनर परिवर्तनपछि मौद्रिक नीति पनि केही खुकुलो बनाएपछि विस्तारै गति बढी रहेको अवस्थामा मधेसमा पानीको संकटको सामना गर्नुप(यो । यसले निजीक्षेत्र पनि प्रभावित भयो ।
त्यसपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमै हैजाको प्रकोप देखाप-यो । पानीको संकटसँगै हैजाको प्रकोप झेली रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु जेनजीको आन्दोलनबाट पनि प्रभावित भएको छ । देशभर भएको आन्दोलनमा ठूला लगानीको उद्योग प्रतिष्ठान तथा पर्यटकीय पूर्वाधाहरुमा भएको आक्रमणले झन उद्योगी व्यावसायी चिन्तित भएका छन् ।
जेनजी आन्दोलनमा भएको विध्वंसले देशमा उद्योगी व्यावसायी र लगानी सुरक्षिक छ कि छैन भन्ने बहस सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा व्यापार समितिका सभापति डा।सुवोध गुप्ता बताउछन् ।

उनी भन्छन्, ‘हामीले कोभिडपछिको अवस्था विस्तारै गति लिदै थियो । एक हप्ताभित्रको घटनाक्रमले निजीक्षेत्रमा ठूलो क्षति पु¥याएको छ । भएको पूर्वाधार संरचनाहरु ध्वस्त भएका छन् । नयाँ लगानी आउने हो कि होईन भन्ने चिन्ता छ । पर्यटकीय क्षेत्रको पूर्वाृधारका रुपमा विस्तारै ठूला होटलहरु बन्दै थिए त्यसलाई निशाना बनाईयो । त्यसमा निजीक्षेत्रको मात्रै होईन आम नागरिको लगानी हुन्छ । झण्डै ७० प्रतिशत लगानी सर्वसाधारणका हुन्छ । तर, आन्दोलनमा निजीक्षेत्रका व्यक्तिहरुको मात्रै जस्तो गरी ध्वस्त बनायो । यसले अर्थतन्त्रमा निकै ठूलो नकारात्मक प्रभाव पारेको छ ।’
यद्यपि यसमा निजीक्षेत्रमैत्री वातावरण सृजना गर्ने सरकारको प्रतिबद्धता आउनुपर्ने गुप्ताको भनाई छ । उनले भने, ‘निजीक्षेत्रको मात्रै होईन आम देशका नागरिको चाहाना सुशासन हुनुपर्छ भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने नै थियो । सरकार स्थायी सरकार भयो भने निजीक्षेत्रमा पनि केही आशा जगाउछ ।’
अहिलेको अवस्थामा निजीक्षेत्रको जिम्मेवारी पनि बढेको र पूर्वाधारको नोक्सानीले निर्माणमा पनि गति आउनुपर्ने बताउदै गुप्ताले त्यसमा सरकारले तुरुन्तै निजीक्षेत्रले अनुभूति गर्नेगरी नीतिहरु ल्याउनुपर्छ देशको आर्थिक विकासको साझेदार निजीक्षेत्र नै भएकोले सरकारले यसमा सकारात्मक भूमिका खेल्न सक्नुपर्ने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले आन्दोलनमा भएको विध्वंसले निजीक्षेत्रको मनोबल कमजारे बनेको बताए । उनले औद्योगिक विकास गर्ने निजीक्षेत्रको लगानी सुरक्षित भएभने किन उद्योग लगाउने भन्ने मनस्थितिमा उद्योगी व्यावसायीहरु रहेको बताए ।
उनले भने, ‘मुद्दा सही थियो । दुवैपक्ष उग्र भए । सरकारको दमनपछि जेनजी पुस्ताका अन्दोलनकारी झन उग्र निस्किए । छानीछानी योजनावद्ध ढंगले संरचना ध्वस्त बनायो । पूर्वातयारी स्वरुप नै यो गरिएको जस्तो देखियो । निजीक्षेत्र लगानी गर्न डराईरहेको छ ।’