वीरगन्ज । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा तीन जना मन्त्री नियुक्त गर्ने पक्का भएपछि जेनजी समूहले नै विवाद गर्न थालेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कूलमान घिसिङलाई उर्जामन्त्री र बरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानूनमन्त्री बनाउने पक्का भएपछि सुदन गुरुङ सहितका जेनजी समूहले विरोध जनाएका हुन् ।
उनीहरुले मध्यराति नै प्रधानमन्त्री निर्वास बालुवाटार घेराउ गरेका छन् । जेनजी आन्दोलनमा मृत्यु भएका र घाईतका परिवारहरुलाईसँगै लिएर गएर प्रदर्शन गर्दै प्रधानमन्त्री कार्कीको राजिनामा समेत मागेका छन् ।
सुदन गुरुङले ओमप्रकाश अर्यालय आफै भित्र बसेर मन्त्री नियुक्तिमा भूमिका खेलेको र जेनजी समूहसँग सल्लाह नगरेको भन्दै विरोध जनाएका छन् ।
जेनजी पुस्तासँग सल्लाह नगरी मन्त्री नियुक्त गरिए आन्दोलनबाट जेनजीले जहाँ पु-याएको थियो त्यहिबाट थुतेर ल्याउने धम्की पनि दिएका छन् । उनीहरुले मध्यरातमा प्रधानमन्त्रीको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन् । गुरुङलाई बालुवाटार प्रवेशमा पनि रोक लगाएको छ ।